बुडो बा को तन्नेरी छोरा - साहित्यिक संसार

बा को अनुहार हेर्छु
वहा भित्र लुकेको आफु लाइ नै पाउछु
सायद बाले मलाइ हेर्दा
म मा पनि आफै लाइ पाउनु हुन्छ होला
आजकल जति जति वहा लाइ हेर्छु
बा बुडो हुदै गएको पाउछु
ढाड कुप्रो पर्दै गरे को देख्छु
जिम्मेबारीले थिचेको ढाड किन न परोस पनि
कहिले काहि भन्न मन लाग्छ
बा खोइ छोड्नुस म थाम छु यो भार
आराम गर्नुस,लामो लामो सास फेर्दै
निश्चिन्त भई बस्नुस आमाको हात थामी
त्यो दिन सायद बा लाइ पखेटा पलाएको जस्तो हुदो हो
बर्सौ देखि थामेको भार आचानक विसाउदा
पाइला पनि डगमगाउदो हो
बा त्यो दिन कति स्वतन्त्र महसुस गर्छन होला
चरीहरु जस्तै
बा त्यो दिन कति खुसि हुन्छन होला
अनि म वहा लाइ देखेर
आमा हामलाइ देखेर
खुसिहरु पनि कस्तो एकअर्कामा आश्रित भएका
बाको खुसि मेरो खुसि आमाको खुसि
मरभुमीमा लामो ध्यान गरेर पाएको एक थोपा पानि जस्तै
एउटा पात आर्को पात अनि आर्को पात गर्दै जारा सम्म पुगेको
आखिर अन्त्यमा चाहिने खुसिनै त हो

लेखक : नबिन चौधरी