बतास - साहित्यिक संसार

**
साझमा बताससंगै तिम्रो यादहरु पनि आउने गर्छन
तिम्रो यादहरु संग म पनि बग्ने गर्छु टाडा टाडा
चिसो तिम्रो यादहरु जस्तै बतासले टाडा टाडा सम्मा पुर्याउने गर्छन
जहाँ हामी संगै हुने गर्थियौ
त कहिले तिमिसंग कहिलै नगएको ठाउँ पनि
हरेक बतास को झोकासंगै नया नया ठाउँमा पुग्ने गर्छु
कहिले हामी पहिलो चोटी भेटेको ठाउँ
त कहिले अन्तिम चोटी देखेको ठाउँ
त कहिले घन्टौ सम्मा आखा जुधाएको ठाउँ
त कहिले एक आर्कोको अंगालोमा हरएको ठाउँ
त कहिले तिमिलाइ घन्टौ कुरर्दाको रिस तिम्रो मुस्कान संग भूलाएको ठाउँ
टाडा टाडा सम्मा बग्ने गर्छु टाडा टाडा
कहिले कहिँ फर्किने इच्या हुदैन बगिरहूझैँ लाग्छ
बस तिमि संग बिताएको याद हरु ताजा बनाउ जस्तो लाग्छ
कहिले तिम्रो नजिक गइ तिम्रो केस उडाउ जस्तो लाग्छ
कहिले त्यो चुमेका ओठलाइ फेरि सुखा बनाउ जस्तो लाग्छ
बस तिम्रो ओरि परि घुमी रहु जस्तो लाग्छ
बस तिम्रो यादहरु संग बगी रहु झैँ लाग्छ
हरेक साझ
**

लेखक : नबिन चौधरी