यति बेला कोरोना (कोभिड–१९) ले संसार स्तब्ध छ । संक्रमण हुने र मर्नेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । संसारमा आफुलाई शक्तिशाली ठान्ने मुलुकहरु प्नि लाचार छन् । सन्नाटा छाएको छ चारैतिर । मानिसमा हाहाकार छ, त्रास छ अनि बाच्ने आशा पनि । घरमा बस्न थालेको पनि धेरै भयो । सधै भरि बिहान ५ बज्ने  बित्तिकै घर छेउको मन्दिरमा घन्किने भजन बन्द भएको पनि धेरै भयो । म घरको छतबाट छेउको बाटामा एक तमाशले हेर्दैछु । दिनँहु टिप्परले उडाउने धुलो, धुवा अनि त्यो आवाज केहि छैन् । बिल्कुलै सफा, शान्त अनि सन्नाटा । तर मनमा भने अनेकौ ज्वारभाटाहरु उत्पन्न भैरहेका छन् । यहाँ चिन्ता छैन आफुलाई केहि होला भन्ने र चिन्ता छैन कोरोनाले छोला भन्ने । केबल चिन्ता छ त बुबा स्वदेश फर्किने कसरी र बैंकमा घर जग्गा धितो राखेर ऋण लिएको तिर्ने कसरी भन्ने । जसो पर्ला त्यसै टर्ला भने पनि मान्दैन यो मनले । रात भरी निद्रा पर्दैन् । साच्चिकै आतंकनै मच्चाएको छ कोरोनाले । 

क्रियटिङ पोसिबिलिटिज नेपाल दाङमा काम गर्न थालेको डेढ वर्ष  पुग्न थालेछ । तालिम, बिद्यार्थि र आमा समुह भन्दा भन्दै समय गएको पत्तै भएन् । यसरी समुहमा काम गर्ने मान्छेका लागी सामाजिक दुरी भनेको साच्चिकै एउटा जेल जिवन भन्दा कम हुने रहेनछ । जे भएता पनि भौतिक दुरी टाढा रहेता पनि भावनात्मक दुरी चाहिँ कहिल्यै कमि नहोस् । 

भारत लगायत खाडिमुलुकमा रहेका आफन्तको पिडा पनि बयान गरि साध्य छैन् । “तँ त घरमा छस्, जे भए पनि परिवारको साथमा छस्” भन्ने शब्दले मनमा असह्य पिडा दिन्छ देशको हालत देखेर । रोजगारी छैन्, बस्ने बातावरण छैन् । घरमा भएका परिवारलाई पाल्नै प¥यो । तर सरकारलाई त्यसको मतलब नै छैन् । सबै भन्दा धेरै नेपाली कामदार रहेका मुलुक भारत र खाडिका देशहरु नै हुन् । अझ भन्नु पर्दा देशको अर्थतन्त्र नै यिनै देशहरुबाट धानिएको छ । खाडि मुलुकमा जस्तै भारतमा पनि कयौ नेपालीहरु कोरोनाका कारण अलपत्रमा परेका छन् । न काम छ, न माम नै । मर्नु भन्दा बौलाउनु बेश भने झै कयौ नेपाली जोखीम मोलेर महाकाली नदि पार गरे । कयौ नेपाली सिमानामा अलपत्र परेका छन् । कोरोना भन्दा पनि भोकै मर्ने अवस्थाको सिर्जना हुन थालेको छ । सायद भारतबाट ब्यवस्थित रुपमा नेपालीलाई नेपाल भित्राएको भए आज सुदुरपश्चिममा कोरोनाको संक्रमण देखिने थिएन होला । 

बुवा भारतमा काम गर्न थालेको वर्षौ भयो । घर खर्च बुवाको कमाईले नै चल्दै आएको छ । जहिले पनि चुनाबका बेलामा भोट हाल्नका लागी बुबालाई घर फर्कन हतार नै हुन्छ । उहाँ संग नेपाली नागरिकता पनि छ । भारत र चीन दुबै नेपालका छिमेकि मुलुक हुन् । चीनमा रहेका नेपालीलाई त्यति धेरै खर्च गरेर उद्धार गरियो । भारतमा रहेका नेपालीले आफ्नै खर्चमा आउछौ भन्दा पनि किन बेवास्ता गरिदै छ । सरकार त्यहि एउटै हो । जुन ठाउँमा रहे पनि नेपाली त नेपाली नै हो नी । यो पिडा मेरो मात्र होईन हरेक नेपाली घरको हो जो खाडि लगायत भारतमा अलपत्र परेका छन् । अनि फेरि नेपाली नेपालीमा किन पक्षपात ? के मेरो बुवा नेपाली नागरिक होईन र सरकार ?  

लेखक : हेमराज शर्मा, दाङ देउखुरी