नेता जी
खबरदार !
मेराे घर भत्काउने,
तिम्राे अधिकार छैन !
मेराे अाँगनमा उभिएर 
स्यालले सिनाे लुछे झै 
तिमीहरू अापसमा लड्ने 
कुनै अधिकार दिदिनिन् मेरी अामा,
रगत, पसिना र साहस बटुलेर अार्जन गरिएकाे मेराे भूमीलाई निजी सम्पत्ति सम्झिएर
अबुझ बच्चाले गाेजीमा हात्ती राख्देउ भने झै 
अा-अाफ्नाे ढिपीमा मेराे घरलाई विभाजित गर्न कदापि पाउने छैनाैँ ।।
* *
हाे,म चुप् छु अहिले 
किनकि मेरी अामाले 
हेर्चाह गर्ने चापी तिमीलाई सुम्पिदिएछिन्, 
त्यसैले त कुकृत्य धुमधामसँग मच्चाउदै छा‌ै।
तर पनि म नदेखे जस्ताे गरेकाे छु
तिमी हाम्राे बारेमा धावा बाेलीरहेका छाै
म नसुने जस्ताे गरिरहेकाे छु।
हाे म लाटाे छु ,
र बहिराे पनि ।
तर यस्ताे पनि नसाेच्नु कि म नवजात शिशुझैँ ..
सधैँ बाेल्न नसक्ने रहिरहनेछु,
जब अाँखा जुधाएर मलाई हेर्छाै
तेति बेला
अागाेले राफ् फालेझै
सुनामीले सहर खरानी बनाए झ‌ै
तत् क्षण तिमीमा आक्रमण गर्नेछु ।
*  *
मेरी अामाकाे अस्मिता र बुबाकाे सम्पत्ति माथी..
गिद्दे नजर लाएर हेर्ने कुसाहस गर्नु
तिम्राे अन्त्येष्टि हाे ।
तिम्रा कुकार्यका अन्त्यहरु ..
मेरी अामाकाे शान्ति र,
मेराे पूर्खाकाे सम्पत्तीकाे सुरक्षाकाे 
कारण बन्नेछन् ।
हाेसियार हाेऊ वर्तमान !
तिमीले प्रहार गरिरहेकाे अबाेध वर्तमान..
भविष्यमा निडर हतियार बन्नसक्छ ।।

लेखक:- सुमन सापकाेटा “याैटा अपवाद”